शुक्रबार, साउन १, २०८३

अन्य पार्टीको बारेमा नबोल्न शेखरलाई महामन्त्रीको चिट

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा आफूलाई महामन्त्रीले अन्य पार्टीको बारेमा नबोल्न भनेको बताएका छन्। बैठक प्रत्यक्ष प्रशारण हुँदा अप्ठ्यारो महसुस भएको पनि बताए।

पहिलो दिनको बैठकको भोलिपल्ट महामन्त्रीले अरु पार्टीको बारेमा नबोल्न भनेर चिट दिएको उनले बताए। कुन महामन्त्रीले चिट दिएका हुन् भन्नेचाहिँ उनले खुलाएनन्। ‘बैठकको भोलिपल्ट महामन्त्रीले चिट दिनुभयो- अन्य पार्टीको बारेमा पटक्कै नबोल्नु भनेर। कस्तो केन्द्रीय समितिको बैठक हुने हो त्यो मैले बुझ्न सकेको छैन,’ उनले भने।

उनले १ वर्षपछि केन्द्रीय समिति बैठक बस्दाको जवाफ सभापति र पदाधिकारीले दिनुपर्ने बताए। ‘एक वर्षपछि केन्द्रीय समितिको बैठक बस्दैछौं। धेरै केन्द्रीय सदस्यहरूले किन यस्तो गरेको भन्ने सोध्नुभयो। लाइभ हुँदैछ बडा अप्ठ्यारो भइरहेको छ,’ उनले भने।

उनले सधैं प्रत्यक्ष प्रशारणमा जान सजिलो नहुने पनि बताए। ‘सभापति र पदाधिकारीहरूले जवाफ दिनुहुन्छ। पहिले लोक रिझ्याइँको कुरा गरेर लाइभ गरौं भन्नुभएको होला। सधैं यसरी जान अप्ठ्यारो हुन्छ,’ उनले भने।

 

प्रकाशित: Jul 23, 2023| 13:06 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्