आइतबार, वैशाख २७, २०८३

'४० प्रतिशत क्रियाशील सदस्यले रुखमा भोटै हालेनन्'

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

National life

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेसका ४० प्रतिशत क्रियाशील सदस्यले रुखमा भोट नहालेको दाबी गरेका छन्। सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा व्यक्त गर्ने क्रममा साउदले २० प्रतिशत क्रियाशील सदस्यले वडा सदस्यदेखि संघीय सांसदसम्म तीनै तहका कुनै पनि उम्मेदवारलाई मत नदिएको आँकडा पेश गरे।

बाँकी २० प्रतिशत सदस्यले आंशिक रूपमा केही उम्मेदवारलाई मत दिएर बाँकीलाई रुखमा खाली राखेको वा विपक्षीलाई मत दिएको बताए। वडा सदस्यलाई दिनेले अध्यक्षलाई नदिएको, मेयरलाई दिनेले उपमेयरलाई नदिएको जस्तो आधारमा २० प्रतिशतले आंशिक रूपमा मात्र मत दिएको उनको दाबी छ। साउदले सबै कांग्रेसका सदस्यले रुखमा भोट हाल्ने वातावरण बनाउनुपर्ने बताए ।

उनले बालकृष्ण खाणको बचाउ गर्दै अनुसन्धान चलिरहेको बेला निलम्बन गर्नु नपर्ने तर्क गरे। नक्कली शरणार्थी प्रकरणमा खाण पुर्पक्षका लागि थुनामा छन्।

प्रकाशित: Jul 23, 2023| 12:43 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्