आइतबार, वैशाख २७, २०८३

नेकपाका संस्थापक पुष्पलाललाई सम्झिइँदै

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

National life

काठमाडौं- आज साउन ७ गते नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै छ। सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ २००६ सालमा पुष्पलालको नेतृत्वमा नेकपा स्थापना भएको थियो। 

पुष्पलालले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरेका थिए। १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको माइला छोराका रुपमा रामेछापको भँगेरी गाउँमा जन्मिएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

पञ्चायती व्यवस्थाका बेला तत्कालीन सरकारले उनको शवसमेत नेपाल ल्याउन दिएको थिएन। राणा शासनविरुद्ध संघर्ष सुरु गरेका दाजु गंगालालको हत्या गरिएपछि पुष्पलालले दाइको अभियानलाई पूरा गर्न राजनीतिक यात्रा सुरु गरेका थिए। नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए। 

प्रकाशित: Jul 23, 2023| 06:54 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्