बुधबार, वैशाख २६, २०८१

लघुवित्तपीडितले गरे राष्ट्र बैंक घेराउ र प्रदर्शन

 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

काठमाडौं- लघुवित्तपीडितले विभिन्न माग राख्दै काठमाडौंमा प्रदर्शन गरेका छन्।

triton college

लघुवित्त वित्तीय संस्थाविरुद्धको संघर्ष समितिको आह्वानमा शनिबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउ गरियो। लघुवित्त संस्थाहरू खारेज गर्नुपर्नेलगायत माग राख्दै काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंक कार्यालयअगाडि प्रदर्शन गरिएको हो।

आफूहरूलाई लघुवित्त संस्थाहरूले ज्यादती गरेको उनीहरूको आरोप छ। सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्नेलगायत पाँचबुँदे माग उनीहरूले अघि सारेका छन्।

यी मागका विषयमा राष्ट्र बैंक पनि गम्भीर बन्नुपर्ने संघर्ष समितिको माग छ।

प्रकाशित: Jul 22, 2023| 18:55 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्