आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीले वास्ता नगरेपछि वामदेवको गुनासो - मलाई बोलाएको भए समाजवादी मोर्चाको औचित्य पुष्टि हुन्थ्यो

ओलीले वास्ता नगरेपछि वामदेवको गुनासो - मलाई बोलाएको भए समाजवादी मोर्चाको औचित्य पुष्टि हुन्थ्यो

 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वास्ता नगरेपछि नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले समाजवादी मोर्चाको औचित्य पुष्टि हुन नसकेको गुनासो गरेका छन्। उनले यसअघि आफू नेकपा एमालेमा जानसक्ने बताएका थिए। 

National life

तर, शनिबार रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा गौतमले आफूलाई मोर्चामा सहभागी गराएको भए संविधानमा उल्लेख समाजवादको औचित्य पुष्टि हुने भएपनि आफूलाई नबोलाएको तर्क गरे।

समाजवादी मोर्चा किन बनाउनुपर्‍यो भन्ने प्रश्न गर्दै गौतमले भने मोर्चामा आफूलाई बोलाएको भए आफूले पनि समाजवादबारे आफ्नो विचार र प्रस्ताव अघि सार्ने उल्लेख गरे।

आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको पनि दाबी गर्दै उनले सो समयमा आफूलाई सरकारबाट कसरी हटाउने भन्नेबारे आवाज उठाइएको जिकिर गरे।

गौतमले आफू गृहमन्त्री भएका बेला शान्ति सुरक्षा थप बलियो भएको र आफूले गरेका कामलाई सबैले प्रसंसा गरेको दाबी गरे। सुन तस्करीको सवालमा अहिले यो सुन कुन देशबाट आयो भन्ने पनि महत्वपूर्ण विषय भएको र तस्करहरुले कस्तो जालो फैलाएका रहेछन भन्ने स्पष्ट भएको उनले बताए।

प्रकाशित: Jul 22, 2023| 20:20 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्