NadaNada
आइतबार, भदौ १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सुन तस्करीमा राजनीतिक संलग्‍नता भएको कुरा उठेपछि किन तर्सिए वामदेव?

सुन तस्करीमा राजनीतिक संलग्‍नता भएको कुरा उठेपछि किन तर्सिए वामदेव?

 |  शनिबार, साउन ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

vianetvianet

काठमाडौं- पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको घटना सार्वजनिक भएपछि यसको लहरो राजनीतिक नेतृत्वसँग जोडिएको हुनसक्ने टिप्पणी भइरहेको समयमा
पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले भने राजनीतिक संलग्नता नरहेको दाबी गरेका छन्। 

नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता रहेको भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका हुन् । शनिबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले आफू मन्त्रीबाट हटेपछि सुनकाण्ड उब्जिएको दाबी गर्दै उनले यसअघि आफू गृहमन्त्री हुँदा पनि सुनकाण्ड नभएको स्पष्टीकरण दिएका हुन्।

‘०५४ सालमा वामदेव गौतम उपप्रधान तथा गृहमन्त्री हुँदादेखि सुनकाण्ड भयो भन्नुभयो। म मन्त्री हुँदासम्म सुनकाण्ड भएन,’ गौतमले स्पष्टीकरण दिँदै भने, ‘म मन्त्रीबाट हटेपछि उब्जियो।’

बरु आफू सरकारमा हुँदा कसरी हटाउने भनेर पार्टीभित्र र बाहिरबाटै आवाज उठेको उनले बताए।  ‘बरु म सरकारमा हुँदा कसरी हटाउने भनेर आफ्नो पार्टीभित्रबाटै र बाहिरबाटै धेरै आवाज उठाइए। अन्तिममा त्यही शक्तिले मलाई सरकारबाट हटाइयो,’ गौतमले भने। 

प्रकाशित: Jul 22, 2023| 17:45 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्