आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पर्यवेक्षक बनेर कम्बोडिया पुगेका एमाले अध्यक्ष ओलीले भेटे प्रधानमन्त्री हुन सेन 

पर्यवेक्षक बनेर कम्बोडिया पुगेका एमाले अध्यक्ष ओलीले भेटे प्रधानमन्त्री हुन सेन 

 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

काठमाडौं- आइतबारदेखि हुने आम निर्वाचनमा पर्यवेक्षकका रुपमा कम्बोडिया पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुने सेनसँग भेटवार्ता गरेका छन्। 

National life

कम्बोडिया सरकारको निमन्त्रणमा निर्वाचन पर्यवेक्षणका लागि ओली गत असार २ गते राति त्यसतर्फ प्रस्थान गरेका थिए। अध्यक्ष ओलीले शनिबार राजधानी नोम्पेनम प्रधानमन्त्री हुन सेनसँग भेट गरेको निजी सचिवालयले जानकारी दिएको छ। 

एमाले अध्यक्ष ओलीसँगै विभिन्‍न देशका २२ जना वरिष्ठ राजनीतिज्ञहरू अहिले निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा छन्। विमानस्थलमै पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुस राजा गिलानीसँग ओलीको भेट गरेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। 

त्यस्तै, उनले नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग पनि शिष्टाचार भेटघाट गरेको बताइएको छ। निर्वाचन सम्पन्‍न भएपछि अध्यक्ष ओली सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ। 
 

प्रकाशित: Jul 22, 2023| 16:02 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्