मंगलबार, वैशाख २९, २०८३

बाँकेमा डेढ सय बढी उद्योग बन्द

कार्यालयमा आधिकारिक सूचना दिएर बन्द गराउनेको संख्या कम रहे पनि नवीकरण हुन नसकेका १६० उद्योग खारेजीमा परेका हुन्।
 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

बाँके– बाँकेमा गत आर्थिक वर्ष २०७९/८० मा १६० घरेलु तथा साना उद्योग बन्द भएका छन्। कार्यालयमा आधिकारिक सूचना दिएर बन्द गराउनेको संख्या कम रहे पनि नवीकरण हुन नसकेका १६० उद्योग खारेजीमा परेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका  निमित्त प्रमुख रमेशबहादुर बुढाथोकीले बताए।

National life

उनका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी छन्। उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी÷व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेका उनको भनाइ छ।

कोभिड–१९ को असर, बैंकको ब्याज वृद्धि हुनु, आर्थिक तरलतालगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुनेक्रम बढेको नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए। उनका अनुसार यसरी व्यवसाय बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली भएका छन्। कैयौँ उद्योगी÷व्यवसायी नेपालगञ्जबाट विस्थापित भएको उहाँको भनाइ छ।

जिल्लामा नयाँ उद्योग दर्ता गर्नेको संख्या पनि गत आर्थिक वर्षमा घटेको छ। आर्थिक वर्ष २०७८/७९ मा १ हजार सात सय १२ नयाँ उद्योग दर्ता भएकामा आर्थिक वर्ष २०७९/८० मा जम्मा ८ सय ७६ मात्र नयाँ उद्योग दर्ता भएका निमित्त प्रमुख बुढाथोकीले जानकारी दिए।

उनका अनुसार गत आवमा कृषि तथा वनजन्यतर्फ तीन सय ६५, उत्पादनमूलक एक सय ४०, पर्यटन सम्बन्धी एक सय ३२ र सेवामूलक दुई सय ३९ गरी कुल आठ सय ७६ उद्योग दर्ता भएका छन्। गत आवमा तीन सय १४ उद्योग नवीकरण भएका बुढाथोकीले उल्लेख गरे। नयाँ उद्योग दर्ता तथा नवीकरणबापत ८५ लाख ३० हजार १ सय ५० राजस्व संकलन भएको छ।–रासस

प्रकाशित: Jul 22, 2023| 15:26 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्