आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बीपीबाट प्रेरणा लिन सकिए मात्रै कांग्रेस बलियोः अर्थमन्त्री डा. महत

बीपीबाट प्रेरणा लिन सकिए मात्रै कांग्रेस बलियोः अर्थमन्त्री डा. महत

कांग्रेसजनलाई ठूलो कदका बीपीबाट सिक्ने कुरा धेरै भएकाले पार्टीलाई लोकतन्त्रको बाटोमा हिँडाउन सहज हुने अर्थमन्त्री महतको धारणा।
 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

काठमाडौं– कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले लोकतन्त्रवादीका लागि बीपी कोइराला गतिशील र प्रेरणादायक व्यक्तित्व भएको बताएका छन्।

National life

आज बीपीको ४१औं स्मृति दिवस अवसरमा आयोजित वृक्षारोपण कार्यक्रममा सहभागी अर्थमन्त्री महतले संगठनमा म मात्रै सर्वेसर्वा र अपरिहार्य व्यक्ति हुँ कहिले नभनेको हुँदा सानदाजुबाट प्रेरणा लिन सक्नुपर्ने बताएका हुन्।

‘संगठनमा कोही पनि अपरिहार्य हुँदैन। कसैले आफूलाई अपरिहार्य ठान्छ भने त्यो लोकतान्त्रिक प्रक्रियाविरुद्ध हुन्छ। ठूलो कदका बीपीबाट सिक्ने कुरा हामी कांग्रेसजनलाई धेरै छ। बीपीले कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्णशमशेर, नेता र मूलतः जनताको पनि कुरा सुन्ने गरेकाले पार्टीलाई लोकतन्त्रको बाटोमा हिँडाउन सकिएको हो।’ 

बीपीका साहित्यिक कृतिलाई पुनर्प्रकाशन गरेर गाउँगाउँमा फिँजाउन जरुरी रहेको उनले औंल्याए। बीपी अर्थराजनीतिलाई पनि मसिनो गरी बुझेको उनका कृति पढ्दा थाहा लाग्ने अर्थमन्त्री महतले सुनाए।

उनले भने, ‘बीपीले एक थोपा दूध होइन, एक–एकग्लास दूध। भनेको अर्थ उत्पादन बढाऊ भन्नुभएको हो। उत्पादन बढाइयो भने मात्र एक–एक ग्लास बाँड्न सकिने उदाहरण बीपीले दिनुभएको हो’, मन्त्री डा. महतले भने। उनले नेतामाझ गालीगलौजको संस्कार विकसित भएकाले यसरी कांग्रेसलाई अगाडि बढाउन नसकिने धारणा व्यक्त गरे।

प्रकाशित: Jul 22, 2023| 15:14 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्