बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • अवैध सुन बरामद प्रकरणः भन्सार जाँचपासमा संलग्न तीन कर्मचारी निलम्बित 

अवैध सुन बरामद प्रकरणः भन्सार जाँचपासमा संलग्न तीन कर्मचारी निलम्बित 

विभागले भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठलाई निलम्बन गरेको हो। 
 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

काठमाडौं– गत बुधबार त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुन जाँचपास गराएर ‘लाइन’ मिलाएको प्रारम्भिक अनुसन्धानपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीलाई निलम्बन गरिएको छ। 

triton college

हङकङबाट क्याथे एयरवेजको जहाजमार्फत ब्रेकसुमा लुकाइल्याएको १०० किलो सुन भन्सार जाँचपास भएर निस्किएको देखिएपछि भन्सार विभागले तीन कर्मचारीलाई निलम्बन गरेको हो। 

अवैध एक क्विन्ट सुन भन्सार पास गराएर बाहिर ल्याउन कर्मचारी सहयोगी भएको देखिएकाले निलम्बन गरिएको विभागको भनाइ छ। विभागले भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठलाई निलम्बन गरेको हो। 

भन्सारबाट छुटेर गन्तव्यमा लैजाँदै गरेका बेला राजस्व अनुसन्धान विभागको टोलीले सुराकीका आधारमा ट्याक्सीसहित सुन बरामद गरेको थियो। क्विन्टल सुन प्रकरणमा हालसम्म विभागले १० जनालाई पक्राउ गरेको छ। यीमध्ये एक चिनियाँ र अर्का भारतीय नागरिक रहेका छन्।

प्रकाशित: Jul 22, 2023| 14:39 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्