आइतबार, वैशाख २७, २०८३

चन्द्रागिरिमा संघीय र सातै प्रदेशका सभामुख, उपसभामुखको जमघट

चन्द्रगिरि जमघटको निष्कर्ष आइतबार संसद् भवन नयाँ बानेश्वरमा सभामुख, राष्ट्रिय सभाध्यक्ष र सबै प्रदेशका सभामुख–उपसभामुखसमेतको उपस्थितिमा सार्वजनिक गरिने।
 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

काठमाडौं– प्रतिनिधिसभाका सभामुख उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र सातै प्रदेशका सभामुख, उपसभामुखको पर्यटकीय स्थल चन्द्रगिरिमा अनुभव साटासाटलगायत विविध विषयमा छलफल भइरहेको छ। शुक्रबारदेखि सभामुख, उपसभामुखबीचको अनुभव आदान–प्रदान विचार–विमर्शको दोस्रो सत्र आज पनि जारी छ।

National life

आज सबै प्रदेशका सभामुख, उपसभामुख र प्रदेशसभा सचिवले आफ्नो अनुभवसहित धारणा राखिरहेको संघीय संसद् सचिवालयले जनाएको छ।

दोस्रो दिनको कार्यशाला सुरु गर्दै सभामुख देवराज घिमिरेले दुवै तहका सभामुख–उपसभामुखबीचको जमघटले सभा सञ्चालनमा लागि सहयोग पुग्ने विश्वास व्यक्त गरेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जनाएका छन्। उनले भने, ‘आशा छ संसद्लाई जीवन्त र प्रभावकारी बनाउन कार्यक्रमले सहयोग गर्नेछ।’ 

सभामुख घिमिरेले नेपालमा संसदीय अध्ययन अनुसन्धानको अभ्यास कम भएको बताउँदै आगामी दिनमा सुधार गर्दै लैजानुपर्ने आवश्यकता औंल्याएका छन्। 

यसअघि ३ भदौ २०७५ मा चन्द्रागिरिबाटै संघीय संसद् र प्रदेशसभाको अनुभव साटासाट गरिएको थियो। हालसम्म यस्तै प्रकृतिका ६ वटा कार्यक्रम विभिन्न प्रदेशमा सम्पन्न भइसकेको संघीय संसद् सचिवालयले बताएको छ।

छलफलमा राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कतिपय प्रदेशले छोटो समयमै विधि निर्माणमा अनुकरणीय काम गरेको बताउँदै त्यस्ता कार्य संघका लागि पनि फलदायी हुने औंल्याए। 

चन्द्रगिरि जमघटको निष्कर्ष आइतबार संसद् भवन नयाँ बानेश्वरमा सभामुख, राष्ट्रिय सभाध्यक्ष र सबै प्रदेशका सभामुख–उपसभामुखसमेतको उपस्थितिमा सार्वजनिक गरिने बताइएको छ।

प्रकाशित: Jul 22, 2023| 13:35 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्