मंगलबार, वैशाख २९, २०८३

एक वर्षमा २ खर्ब ८१ अर्बको इन्धन आयात

गत आवमा पेट्रोलियम आयात १३ प्रतिशतले घटेको छ भने डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यास गरी २७ लाख ८२ हजार ८३२ किलोलिटर आयात भएको निगमको तथ्यांक। 
 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

काठमाडौं– आर्थिक वर्ष २०७९/८० मा पेट्रोलियम पदार्थ आयात गर्दा झन्डै २ खर्ब ८१ अर्ब ७३ करोड २६ लाख बाहिरिएको सरकारी स्वामित्वको नेपाल आयल निगमले विवरण सार्वजनिक गरेको छ।

National life

निगमका अनुसार गत आवमा पेट्रोलियम आयात १३ प्रतिशतले घटेको छ। निगमले गत आवमा डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यास गरी २७ लाख ८२ हजार ८३२ किलोलिटर आयात गरेको छ। 

अघिल्लो आव २०७८/७९ मा ३ खर्ब ८ अर्बको ३१ लाख ८९ हजार ७१६ किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको निगमको तथ्यांक छ। रुस–युक्रेन युद्धले बढाएको भाउसँगै मुलुकमा आर्थिक गतिविधि सुस्त हुँदा आव २०७९/८० मा पेट्रोलियम आयात कम भएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताए।

गत आवमा इन्धन खपत कम हुँदा यसको असर आयातमा परेको हुन सक्ने उनले औंल्याए। गत आवमा डिजेल आयात १९.४६ प्रतिशतले घटेर १४ लाख ७ हजार १७१ किलोलिटर, पेट्रोल आयात ७.७५ प्रतिशतले घटेर ६ लाख ७७ हजार ११६ किलोलिटर, मट्टीतेल आयात २४.६१ प्रतिशतले घटेर १३ हजार किलोलिटर, खाना पकाउने एलपी ग्यास ५.३४ प्रतिशतले घटेर ५ लाख १२ हजार १७३ मेट्रिक टन आयात भएको निगमको तथ्यांक छ। 

यो अवधिमा हवाई इन्धन आयात भने बढेको देखिएको छ। गत आवमा हवाई इन्धन खरिद ९ प्रतिशतले बढेर १ लाख ७३ हजार ३६८ किलोलिटर आयात भएको छ।सरकारलाई एक वर्षमा पेट्रोलियम आयातबाट ९४ अर्ब राजस्व संकलन भएको छ। ज्बकि अघिल्लो वर्ष १ खर्ब २४ अर्ब २५ करोड  राजस्व संकलन भएको निगमको तथ्यांक छ।

प्रकाशित: Jul 22, 2023| 12:32 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्