बिहीबार, वैशाख २७, २०८१

आइतबार मौद्रिक नीति सार्वजनिक हुने सम्भावना

गभर्नर महाप्रसाद अधिकारी सम्पत्ति शुद्धीकरणसम्बन्धी फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) को कार्यक्रममा सहभागी हुन क्यानडा गएपछि मौद्रिक नीति सार्वजनिक गर्न ढिलाइ भएको बुझिएको छ।
 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

काठमाडौं– सरकारका आर्थिक क्रियाकलापको ऐना मानिने मौद्रिक नीति सम्भवतः भोलि ७ साउन आइतबार सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्र बैंक पुगेको छ। राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आइतबार सार्वजनिक गर्ने तयारी गरेको हो।

triton college

गभर्नर महाप्रसाद अधिकारी सम्पत्ति शुद्धीकरणसम्बन्धी फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) को कार्यक्रममा सहभागी हुन क्यानडा गएपछि मौद्रिक नीति सार्वजनिक गर्न ढिलाइ भएको हो। अधिकारी क्यानडाको भ्यानकुमरमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ(एपीजी) को वार्षिक प्लेनरी बैठक सहभागी भई ३ साउनमा नेपाल फर्किइसकेका छन्।

आइतबार बिहान मौद्रिक नीति पारित गराउन राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) बैठक बोलाइएको स्रोतको भनाइ छ। राष्ट्र बैंक सञ्चालक समितिबाट पास गराएर दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ।

क्यानडा जानुअघि गभर्नर अधिकारीले मौद्रिक नीतिबारे गभर्नर अधिकारीले राष्ट्र बैंक अनुसन्धान विभाग, बैंक तथा वित्तीय संस्था नियमनलगायत विभागका अधिकारीसँग छलफल गरेका छन्। गभर्नर अधिकारीको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यकालयका सचिव एवं सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय समन्वय समितिका संयोजक उदयराज सापकोटा र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवालीको सहभागिता थियो। 

बैंठकमा एपीजीका सदस्य राष्ट्रहरु र पर्यवेक्षकका रुपमा फाइनान्सियल एक्सन टास्क फोर्स(एफएटीएफ), विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, युएन अफिस अफ ड्रग्स एन्ड क्राइम(युएनओडीसी) लगायतका संस्थाको सहभागिता रहेको राष्ट्र बैंकले बताएको छ।

corrent noodles
Metro Mart

एपीजी बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा नराख्ने निर्णय गरेको छ। गभर्नर अधिकारीले अमेरिकाको वासिङ्टन डीसीस्थित अन्तर्राष्ट्रिय मु्द्रा कोषको मुख्यालयमा कोषका डेपुटी म्यानेजिङ डाइरेक्टर एन्टोनेट सायहसहति साउथ इस्ट एसिया भोटिङ ग्रुपका कार्यकारी निर्देशकलगायत विभिन्न संस्थाका पदाधिकारीसँग बैंकिङ क्षेत्र सुधारबारे द्विपक्षीय छलफल गरेका थिए।

प्रकाशित: Jul 22, 2023| 11:34 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्