शनिबार, साउन २, २०८३

विमानस्थलमा सेटिङबाटै सुन तस्करीः रवि लामिछाने

सुन तस्करीको जालो सेटिङबाटै निरन्तर चलिरहेको रविको दाबी।
 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङबाटै सुन तस्करी भइरहेको दाबी गरेका छन्।लामिछानेले ठूलो परिमाणको सुन राजनीतिक, प्रशासनिक संयन्त्रको मिलेमतो र सेटिङमै तस्करी भएको दाबी गरेका हुन्।

शनिबार विराटनगर आएका लामिछानेले पत्रकारसँगको कुराकानी गर्दै भने, ‘सेटिङ र मिलेमतोबिना सुन तस्करी सम्भवै छैन। कुन लेबलको, कुन ढंगको तस्करी हो भन्ने विषयमा अनुसन्धान गरिनुपर्छ।’

बुधबार त्रिवि विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भई एक क्विन्टल सुन ट्याक्सीमार्फत गन्तव्यमा लैजाँदै गरेका बेला राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।

सुन बरामद प्रकरणमा अनुसन्धान भइरहेकाले यस विषयमा थप टिप्पणी गर्न जरुरी नभएको उनले बताए। ‘तस्करीका विषयमा अनुसन्धान जारी छ। एमालेले गृहमन्त्रीको राजीनामा माग्यो भन्दैमा रास्वपाले पनि त्यसै गर्नुपर्छ भन्ने छैन। अनुसन्धान नहुँदै राजीनामा माग्नु उचित होइन,’ उनले भने।

अनुसन्धान नसकिँदासम्म रास्वपाले धैर्य गर्ने र वास्तविकता थाहा पाएपछि मात्र आवाज उठाउने उनले जानकारी दिए। लामिछानेले सुन तस्करीको जालो निरन्तर चलिरहेको प्रस्ट भएको दाबी गरे।

प्रकाशित: Jul 22, 2023| 11:07 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्