मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कुन बार जन्मिने व्यक्ति कस्ता हुन्छन् ?

 |  शनिबार, साउन ६, २०८०
nespernesper

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

शनिबार, साउन ६, २०८०

आइतबार
पुरुष: आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन्। उनीहरुको आयु पनि लामो हुन्छ। यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन्। यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन्। तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ।

triton college

स्त्री: आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन्।

सोमबार
पुरुष: सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ। यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ। सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन्। सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ।

स्त्री: सोमबार जन्म भएका महिला सुन्दर हुन्छन्। यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन्।

मंगलबार
पुरुष: मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन्। यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ। यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन्। यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ। दुख र सुख आउने जाने भैरहन्छ।

Metro Mart
vianet

स्त्री: ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ। यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन्।

बुधबार
पुरुष: बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन्। यिनीहरुको बोलीमा मिठास हुन्छन्। यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ।

स्त्री: बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन्। सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन्।

विहीबार
पुरुष: विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन्। यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ। तर पनि साहसी हुन्छन्। यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन्। विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ।

स्त्री: जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन्।

शुक्रबार
पुरुष: शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन्। बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो। यिनीहरु सहनशिल पनि हुन्छन्। यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ।

स्त्री: कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ। यस्ता स्त्री मस्ती मजाक गर्छन्। परिवार र समाजमा विशेष इज्जत हुन्छ। केही काला रंगका भएपनि सुन्दर हुन्छन्।

शनिबार
पुरुष: जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन्। यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ। भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन। यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ।

स्त्री: शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला। सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन। यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन्।

- जन्मकुण्डली, हस्तरेखा, वास्तु परामर्शको लागि सम्पर्क: ९८१२००५३७८

प्रकाशित: Jul 22, 2023| 06:44 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्