शनिबार, साउन २, २०८३

सानेपा बैठकमा उठाइयो हिन्दु राज्यको माग  

सनातन हिन्दु धर्म मास्न संविधानमा धर्म निरपेक्षता उल्लेख गरिएकाले पार्टीको पहलमा त्यसलाई संशोधन गर्न केन्द्रीय सदस्य शंकर भण्डारीको माग।
 |  शुक्रबार, साउन ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०

काठमाडौं– सानेपामा मंगलबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने सदस्यले विभिन्न विषयमा आ–आफ्ना धारणा राखिरहेका छन्।

आजको बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारीले सनातन हिन्दु धर्म मास्न संविधानमा धर्म निरपेक्षता उल्लेख गरिएकाले पार्टीले त्यसलाई संशोधन गर्नुपर्ने माग गरे। उनले संघीयता र निर्वाचन प्रणालीका विषयमा पुनर्विचार हुनुपर्ने धारणा राखे।

कांग्रेसभित्र एउटाले अर्काको अस्तित्व नस्वीकार्ने हुँदा केन्द्रीय समिति बैठक छलफल चलाइनुको सान्दर्भिकता नहुने उनले दाबी गरे। उनले भने, ‘सोही कारण कांग्रेसलाई क्रियाशील सदस्यअनुसारको भोट आउँदैन। समाधान खोज्न ढिला गर्नुभएन। अहिलेको संविधानमा विवादस्पद व्यवस्था राखिएको उनले दाबी गरे।

प्रकाशित: Jul 21, 2023| 15:31 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्