शनिबार, साउन २, २०८३

जसपाले फेर्‍यो पार्टीको झण्डा र लोगो

 |  शुक्रबार, साउन ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०

काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आफ्नो झण्डा र लोगो फेरेको छ। भर्खरै विधान अधिवेशन सम्पन्न गरेको जसपाले अधिवेशनका सहभागी प्रतिनिधिहरूको झण्डा फेर्नुपर्ने माग गरेका थिए। सोही मागबमोजिम विधान प्रमाणीकरण समितिले पार्टीको झण्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।

विधान अधिवेशनमा १० वटा समूह बनाइ विधानमा दफावार छलफल गरिएको थियो। जसमध्ये लगभग सबैजसो समूहले पार्टीको झण्डा फेर्नुपर्ने माग राखेका थिए। यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङको पृष्ठभूमिमा सेतो ताराको सट्टामा अहिले रातो पृष्ठभमिमा सेतो तारा राखिएको छ।

त्यस्तै यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ। जसअनसार पहिलेको लोगोमा मुठी सहितको हात राखेर लोगो बनाइएको छ।

प्रकाशित: Jul 21, 2023| 15:00 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्