शनिबार, साउन २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसलाई पहिलो पार्टी बनाउने देउवा सम्मानका हकदारः ज्ञानेन्द्रबहादुर कार्की

कांग्रेसलाई पहिलो पार्टी बनाउने देउवा सम्मानका हकदारः ज्ञानेन्द्रबहादुर कार्की

सभापति देउवाको नेतृत्वमा कांग्रेस स्थानीय तह, प्रदेश र केन्द्रमा पहिलो पार्टीको रुपमा उपस्थित भएकाले सम्मान गर्नुपर्ने ज्ञानेन्द्रबहादुर कार्कीको दाबी।
 |  शुक्रबार, साउन ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०

काठमाडौं– सानेपामा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा विभिन्न सदस्यले आ–आफ्ना धारणा राखिरहेका छन्। बैठकमा पूर्वअर्थमन्त्री एवं केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सभापतिलाई कमजोर पारेर कांग्रेस बलियो हुनै नसक्ने बताए।

‘कांग्रेस सभापतिलाई कमजोर पारेर, संस्थालाई कमजोर पारेर पार्टी बलियो हुन सक्दैन। निर्वाचनबाट आएको सभापतिलाई कमजोर होइन, झनै बलियो बनाउनुपर्छ। यसमा कसैको विमति हुनुहुँदैन’, उनले भने।

सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस स्थानीय तह, प्रदेश र केन्द्रमा पहिलो पार्टीको रुपमा उपस्थित भएकाले सम्मान गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: Jul 21, 2023| 14:08 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्