NadaNada
सोमबार, भदौ २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • आरजु राणाको कटाक्ष–महामन्त्रीको प्रतिवेदन एनजीओको 'विस लिस्ट' जस्तो

आरजु राणाको कटाक्ष–महामन्त्रीको प्रतिवेदन एनजीओको 'विस लिस्ट' जस्तो

महामन्त्री गगनको प्रतिवेदन राजनीतिक दस्तावेजका रुपमा आउनुपर्नेमा अन्यत्रै मोडिएको सभापति देउवापत्नी आरजुको दाबी।
 |  शुक्रबार, साउन ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०

vianetvianet

काठमाडौं– कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले गत मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन महामन्त्री गगन थापाले प्रस्तुत गरेको प्रतिवेदन एनजीओको विसलिस्टजस्तो भएको बताएकी छन्।

पार्टी मुख्यालय सानेपामा जारी बैठकमा केन्द्रीय सदस्य एवं सभापति शेरबहादुर देउवापत्नी आरजुले महामन्त्रीको प्रतिवेदन राजनीतिक दस्तावेजसहित आउला भन्ठानेकामा त्यो केवल एनजीओको विसलिस्टजस्तो भएको दाबी गरेकी हुन्।

उनले भनिन्, ‘यसपटक महामन्त्रीको प्रतिवेदनमा कुनै राजनीतिक दस्तावेज आउँछ होला भन्ने सोचेकी थिएँ। तर एनजीओको विसलिस्टजस्तो लाग्यो। कार्यक्रम धेरै गर्ने अनि रिजल्ट के? योभन्दा दुई–तीन वटा उपलब्धिमूलक कार्यक्रम गरौं र त्यो परिणाममुखी बनाऔं।’ 

आरजुले पार्टीले आफ्नो दिशा तय गर्नुपर्ने बताइन््। ‘हामी सुशासनका लागि कति तयार छौं। प्रधानमन्त्रीकी धर्मपत्नी हुँदा के रहेछ भनेर बुझ्दा पार्टीबाट मन्त्री हुनेहरुको सिक्दासिक्दै कार्यकाल सकिँदा रहेछ,’ उनले भनिन्। पार्टीको घोषणापत्रसँग सरकारको नीति र नियममा कहाँ मेल खान्छ भनेर हेर्नुपर्ने र त्यहीअनुसार कार्यक्रम गर्नुपर्ने उनको सुझाव छ।  संगठनका हकमा संख्या बढाएर मात्र केही नहुने आरजुले बताइन्। 

पार्टीको क्रियाशील सदस्यता लिन चाहनेलाई  प्रशिक्षण दिएर मात्र सदस्यता प्रमाणित गर्नुपर्ने उनको सुझाव छ। उनले भनिन्, ’प्रशिक्षण सञ्चालन गर्नुपर्छ। प्रशिक्षणबाट पार्टी के हो, पार्टीमा किन लाग्ने भन्ने सबै बुझेपछि मात्रै क्रियाशील सदस्यता दिनुपर्छ।’ नयाँ पार्टीले सदस्यता बढायो भनेर त्यसको पछि दौडिन आवश्यक नभएको पनि उनले बताइन्। महिलाका लागि निर्वाचन क्षेत्र छुट्याउनुपर्ने धारणा आरजुले व्यक्त गरिन्।

Metro Mart

प्रकाशित: Jul 21, 2023| 11:40 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्