NadaNada
सोमबार, भदौ २, २०८२

बीपी स्मृति दिवस मनाउन तरुण दल अध्यक्षको परिपत्र

अध्यक्ष गुरुङले ७७ वटै जिल्ला कार्यसमितिलाई बीपी जयन्ती मनाउन परिपत्र गरेका हुन्।
 |  शुक्रबार, साउन ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०

vianetvianet
Metro Mart

काठमाडौं– नेपाल तरुण दलका अध्यक्ष विद्वान् गुरुङले बीपी स्मृति दिवस मनाउन मातहत समितिलाई परिपत्र गरेका छन्। गुरुङले ७७ वटै जिल्ला कार्यसमितिलाई बिपी जयन्ती मनाउन परिपत्र गरेका हुन्।

भोलि शनिबार (६ साउन) बीपीको ४१औं स्मृति दिवस मनाइँदै छ। साप्ताहिक रुपमा वृक्षारोपण, रक्तदान, फलफूल वितरणलगायत कार्यक्रम गरी पार्टी जिल्ला कार्यसमितिले गर्ने कार्यक्रममा सहयोग गर्न अध्यक्ष गुरुङले अपिल गरेका छन्।

बीपी स्मृति दिवसमा गरिएको कार्यक्रमको प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउन र स्मृति अवसरमा बाढीपहिरोले पीडित परिवारलाई सहयोग गर्न अध्यक्ष गुरुङको परिपत्रमा निर्देशन दिइएको छ।

प्रकाशित: Jul 21, 2023| 11:36 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्