NadaNada
सोमबार, भदौ २, २०८२

नेकपा एसको सचिवालय बैठकः नेताहरूको जिम्मेवारी फेरबदल हुँदै 

बैठकले नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनीत गर्ने विषय टुंग्याउनेछ। 
 |  शुक्रबार, साउन ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०

vianetvianet

काठमाडौं– सत्तारुढ नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि जारी छ। एक सातादेखि जारी बैठक आज समापन हुनेछ। बैठकले पार्टीमा रिक्त उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेश इन्चार्जको पदपूर्ति गर्ने सम्भावना रहेको पार्टी नेता वेदुराम भुसालले बताए।

बैठकले नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनीत गर्ने विषय टुंग्याउनेछ। सबै नेताहरूले धारणा राख्ने क्रम सकिएपछि अध्यक्ष माधवकुमार नेपालले वर्तमान अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका साथै आगामी कार्ययोजनाबारे प्रतिवेदन प्रस्तुत गरेको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिए।

अध्यक्ष नेपालको प्रतिवेदनमा संगठन सुदृढीकरण अभियानको समीक्षा तथा वैचारिक नीतिबारे उल्लेख छ। समसामयिक राजनीतिक विषयका साथै समाजवादी व्यवस्थामा पार्टीले अवलम्बन गर्नुपर्ने रणनीति समावेश गरिएको प्रतिवेदनमा वामपन्थी दलको समाजवादी मोर्चाको आवश्यकता, समान विचार भएका वामशक्तिको एकताको खाँचोमा जोड दिइएको छ।

बैठकमा जनवर्गीय संगठनका कार्यसम्पादन, आगामी कार्ययोजना, सरकारलाई प्रभावकारी बनाउने विषय, पार्टी महाधिवेशनलगायत मुद्दामा छलफल भएको पोलिटब्युरो सदस्य पन्तले बताए।

प्रकाशित: Jul 21, 2023| 11:06 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्