शनिबार, साउन २, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि

 |  शुक्रबार, साउन ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज चौथो दिन पनि जारी रहनेछ। बैठक सानेपामा बिहान ११ बजे सुरु हुनेछ। मंगलबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन्।

बिहीबार ३५ जना केन्द्रीय सदस्यले बोलेका थिए। आज बाँकी सदस्यले आफ्ना कुरा राख्नेछन्। एक वर्षपछि राखिएको केन्द्रीय समिति बैठकमा विभिन्न विषय उठिरहेका छन्। अधिकांशले पार्टी संरचनालाई चुस्त बनाउनुपर्ने नेतृत्वलाई सुझाव दिएका छन्। गठबन्धनको पक्ष-विपक्षमा पनि मिश्रित प्रतिक्रिया आएका छन्। कांग्रेस बैठक लाइभको व्यवस्था मिलाइएको छ।
 

प्रकाशित: Jul 21, 2023| 07:33 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्