मंगलबार, वैशाख २९, २०८३

काँकडभिट्टा नाकाको व्यापार घाटा २४ अर्बभन्दा बढी

 |  बिहीबार, साउन ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

झापा- गत आर्थिक वर्ष २०७९/८० मा  काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ। यस नाकाबाट भारत, चीन, बङ्गलादेश र भुटानसँग व्यापार हुने गर्छ। मेची भन्सार कार्यालयका अनुसार गत आवमा मात्रै यस नाकाको व्यापार घाटा  २४ अर्ब ३१ करोड ९४ लाख ४१ हजार रुपैयाँभन्दा बढी छ।

National life

गत आवमा काँकडभिट्टा नाका भइ विभिन्न देशबाट  ४६ अर्ब ३६ करोड १३ लाख ३४ हजार रुपैउाँ बराबरको सामान आयात भएको छ भने सोही अवधिमा सो नाकाबाट जम्मा २२ अर्ब चार करोड १८ लाख ९३ हजार बराबरको सामान निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए।
उनका अनुसार यस नाकामार्फत बङ्गलादेशबाट पाँच अर्ब ६५ करोड २० लाख ६५ हजार रुपैयाँको सामान आयात भएको छ भने ४७ करोड ११ लाख ५३ हजारको सामान निर्यात भएको छ। विगत पाँच वर्षदेखि यस नाकाबाट हुने बङ्गलादेशसँगको व्यापार घाटा भएको छ।

साथै समीक्षा अवधिमा भुटानसँग एक अर्ब ५६ करोड ८८ लाख ३० हजार बराबरको सामान आयात भएको छ भने ५२ करोड दुई लाख ३६ हजार बराबरको निर्यात भएको छ। सोही अवधिमा भारतबाट ३३ अर्ब १८ करोड ८७ लाख ५६ हजारको सामान आयात भएको छ भने १९ अर्ब ८१ करोड २३ लाख ७१ हजार बराबरको निर्यात भएको छ।

गत आवमा यस नाकाबाट चीनसँगको व्यापार घाटा भने शतप्रतिशत प्रतिशत छ। चीनबाट रू तीन अर्ब छ करोड १० लाख १२ हजारको सामान आयात हुँदा निर्यात शून्य छ।

नेपालबाट अदुवा, अलैँची, चिया, अम्रिसो, फलाम तथा फलामका सामग्री, प्लाइउड, छुर्पी, दलहन, धातुका सामान, पिनालगायत वस्तु यी देशमा निर्यात हुँदै आएको छ। साथै यस नाकाबाट कोइला, पेट्रोलियम पदार्थ, पशुको आहाराको कच्च पदार्थ, जुट तथा जुटका उत्पादन, ड्राइफुट्स, भटमास, तोरी नरिवल, चिप्स, मार्बल, प्लास्टिकका कच्चापदार्थ, तरकारी, आलु, कपडालगायत सामान आयात हुने गरेको भन्सार कार्यालयको भनाइ छ।

प्रकाशित: Jul 20, 2023| 21:35 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्