आइतबार, असार २८, २०८३

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

गत १९ जेठमा सुन मूल्य अहिलेसम्मकै उच्च १  लाख १३ हजार ३ सयमा कारोबार भएकामा आज त्यसले रेकर्ड ब्रेक गरेर झनै महँगिएको हो। 
 |  बिहीबार, साउन ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनाचाँदी कारोबार मूल्य हालसम्मकै उच्च रहेको जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ६ सय र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार १ सय र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो। गत १९ जेठमा सुन मूल्य अहिलेसम्मकै उच्च १  लाख १३ हजार ३ सयमा कारोबार भएको थियो। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १ सय थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज यसअघिका रेकर्ड तोडेर महँगिएको छ। आज चाँदीको कारोबार प्रतितोला १ हजार ४९५ पुगेको नपाल महासंघले जनाएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ हजार ८४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले तथ्यांक सार्वजनिक गरेको छ।

प्रकाशित: Jul 20, 2023| 11:51 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्