मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सुन बरामद प्रकरणः भन्सार विभागले बनायो छानबिन समिति, अधिकृत चन्द निलम्बित

सुन बरामद प्रकरणः भन्सार विभागले बनायो छानबिन समिति, अधिकृत चन्द निलम्बित

बरामद सुनमा संलग्नबारे जाँचबुझ गर्न विभागका अनुसन्धान शाखा निर्देशक मानबहादुर पौडेल नेतृत्वमा छानबिन समित गठन। 
 |  बिहीबार, साउन ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

काठमाडौं– भन्सार विभागले १०० किलो सुन बरामद प्रकरण छानबिन गर्न समिति गठन गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको ठूलो परिणामको सुन बाहिर ट्याक्सीबाट बरामद भएपछि विभागले सत्यतथ्य बुझ्न छानबिन समिति बनाएको हो।

National life

विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको सूचना अधिकारी पुण्यविक्रम खड्काले पुष्टि गरे। सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बालाई निलम्बन गरिसकिएको छ। 

भन्सार अधिकृत सन्तोष चन्द निलम्बित भए पनि नासुको नाम विभागले सार्वजनिक गरेको छैन। उनीहरू सुनको भन्सार पासमा संलग्न रहेको फेला परेपछि निलम्बन गरिएको बताइन्छ।

बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको १०० किलो सुन विभागको टोलीले बरामद गरेको थियो। समितिले विमानस्थलको भन्सार जाँचपासमा संलग्न रहेकाहरुबाट छानबिन गर्नेछ। यसको यकिन विवरण खुलिसकेको छैन।

हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट आएको स्कुटरको ब्रेक सुमा राखेर ल्याइएको १०० केजी सुन राजस्व अनुसन्धान विभागको टोलीले भन्सार जाँच पास भएर निस्किसकेपछि मंगलबार बरामद गरेको थियो। सुन बरामद प्रकणमा विभागले हालसम्म संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ।

प्रकाशित: Jul 20, 2023| 11:14 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्