शनिबार, साउन २, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने 

 |  बिहीबार, साउन ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। ललितपुरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बैठक सुरु हुने बताइएको छ। 

गत मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा हिजोबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको थियो। हिजो आमन्त्रित जिल्ला सभापतिहरूसहित झन्डै चार दर्जन केन्द्रीय नेताहरूले धारणा राखेका थिए। 

हिजोको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ। आज पनि केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्ने छन्।

प्रकाशित: Jul 20, 2023| 08:29 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्