शनिबार, साउन २, २०८३

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

 |  बिहीबार, साउन ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

काठमाडौं- राष्ट्रिय सभा बैठक आज बस्दै छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १:०१ बजेका लागि बैठक  बोलाइएको छ। 

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको ब्यहोरा जानकारी गराउने छन्। 

साथै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख  छ। 

प्रकाशित: Jul 20, 2023| 08:25 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्