मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कञ्चनपुरको छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व गुम्दै 

कञ्चनपुरको छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व गुम्दै 

 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

बन्द रहेको कञ्चनपुरको बेलौरीस्थित छोटी भन्सार कार्यालयको उचित रेखदेख पुग्नसक्दा झाडीमा परिणत भई जीवजन्तुको वासस्थान र दुर्व्यसनीको आश्रयस्थल बन्न थालेको छ।

National life

कैलाली भन्सार कार्यालय मातहत रहेको कञ्चनपुर जिल्ला बेलौरी नगरपालिकाको बेलौरी छोटी भन्सार प्रयोगविहीन भएसँगै स्थानीयवासी आन्दोलित छन्।

छोटी भन्सार कर्मचारीविहीन, मर्मतसम्भारविहीन बनेपछि बेलौरी उद्योग वाणिज्य सङ्घ र स्थानीय व्यापारी त्यसको विरोधमा तालाबन्दी समेत गरेका छन्। कैलाली भन्सारको चरम लापरबाही बेवास्ताले बेलौरी छोटी भन्सार ओझेलमा परेको आन्दोलतर पक्षको भनाइ छ।

विसं १९१७ अर्थात् एक सय ६३ वर्षपहिले कैलाली कञ्चनपुरको मुख्य भन्सारका रूपमा स्थापित बेलौरी भन्सार सदरमुकाम विस्थापित गराएको केही वर्षपछि कञ्चनपुर भन्सारअन्तर्गत छोटी भन्सारमा परिणत भई सञ्चालनमा रहँदा राजस्व सङ्कलनसमेत राम्रै हुने गरेको थियो।

केही वर्षयता प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको छोटी भन्सार सञ्चालनका लागि मन्त्रीदेखि नेतासम्मले आश्वासन दिए पनि त्यो अझै पूरा हुन सकेको छैन।

प्रकाशित: Jul 19, 2023| 20:41 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्