NadaNada
बिहीबार, भदौ ५, २०८२

कञ्चनपुर भन्सारः लक्ष्यको ७१ प्रतिशत राजस्व संकलन

 |  बुधबार, साउन ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

vianetvianet

महेन्द्रनगर- मन्दी र आयात घटेका कारण कञ्चनपुर भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन। गत आर्थिक वर्ष २०७९/८० मा भन्सार कार्यालयले वार्षिक  ५८ करोड ९० लाख राजस्व सङ्कलनको लक्ष्य लिएको भए पनि ४२ करोड १० लाख मात्रै सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ।

कञ्चनपुर भन्सार कार्यालय गड्डचौकीका प्रमुख भन्सार अधिकृत ध्रुव विश्वकर्माले वार्षिक लक्ष्यको ७१.४ प्रतिशत राजस्व सङ्कलन भएको जानकारी दिए। “आयातमुखी भन्सार भए पनि यहाँ आयात नै घटेकाले राजस्व सङ्कलनमा कमी आएको हो”, उनले भने, “मुलुकमा रहेको आर्थिक तरलताको असर पनि राजस्व सङ्कलनमा परेको छ।”

उनले अघिल्लो आवमा पनि  ६ करोड राजस्व सङ्कलन लक्ष्यभन्दा कम भएको बताए।अघिल्लो वर्ष भन्सारले  ५२ करोड ७७ लाख राजस्व सङ्कलन गर्नुपर्नेमा  ४६ करोड २२ लाख सङ्कलन गरेको थियो।

गड्डाचौकी नाकाबाट दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, विद्युतीय सामग्री, फलफूल र तरकारी लगायतका सामग्रीहरु भारतबाट आयात हुने गरेको छ। महाकाली नदीमा रहेको शारदा ब्यारेक (बनबासा पुल) सीमित समय खुल्ने गरेको र ठूला चारपाङ्ग्रे सवारीसाधन पुलमा आवागमनमा समस्या भएकाले यहाँबाट अन्यत्रजस्तो ठूलो परिणाममा आयात नहुने गरेको भन्सार कार्यालयको भनाइ छ।

यहाँ प्रस्तावित दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माण भए यहाँ आर्थिक गतिविधिसमेत बढ्ने आशा गरिएको छ।
 

Metro Mart

प्रकाशित: Jul 19, 2023| 18:03 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्