शनिबार, जेठ ३०, २०८३

एसीसी इमर्जिङ एसिया कपः नेपालले युएईलाई ३ विकेटले हरायो

युएईले दिएको १५८ रनको सामान्य लक्ष्य नेपालले ७ विकेटको क्षतिमा २३ ओभरमा पूरा गरेको हो।
 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०
National life
Shivam cement

काठमाडौं– श्रीलंकामा जारी इमर्जिङ एसिया कपअन्तर्गत युएई ‘ए’ विरुद्धको खेलमा सान्त्वना जित निकालेको छ। कुशल भुर्तेलको बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शनसँगै नेपालले  समूहको अन्तिम खेलमा बुधबार नेपालले यूएई ‘ए’ लाई ३ विकेटले पराजित गरेको हो।

युएईले दिएको १५८ रनको सामान्य लक्ष्य नेपालले ७ विकेटको क्षतिमा २३ ओभरमा पूरा गरेको हो। खेलमा भुर्तेलले बलिङमा ६ विकेट लिए भने आक्रामक ब्याटिङ गर्दै ७१ रन बनाए। नेपालले ६ विकेट गुमाएर १५८ रनको सामान्य लक्ष्य पूरा गरेको हो। नेपालका लागि देव खनाल र सन्दीप जोराले समान २४ २४ रन बनाए। गुल्सन झाले ११ रन बनाए।

रोहित पौडेलले ९ रन र पवन सरार्फ नकआउट शून्य रनमा आउट भए। कुशल मल्लले अभिजित २ रन र प्रतिश जिसीले ८ रन बनाए। बलिङतर्फ युएईका मोहमद फराजुद्धिनले २७ रनसहित ५ विकेट लिए। मोहम्मद जगदुलाले ४९ लिएर २ विकेट लिए।

प्रकाशित: Jul 19, 2023| 16:08 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्