मंगलबार, मंसिर २३, २०८२

वास्तुअनुसार कस्तो बनाउने घरको मूल ढोका ?

 |  बुधबार, साउन ३, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

बुधबार, साउन ३, २०८०

काठमाडौं- घरका सबै भाग उत्तिकै महत्वपूर्ण हुन्छन्। घर बनाउँदा यसको बाहिरी र भित्री दुवै पाटोमा उत्तिकै ध्यान दिनुपर्छ। सहजता, लुक्ससँगै घर बनाउँदा वास्तुमा पनि ध्यान दिनुपर्छ।

National life

आज कुरा गरौं घरको गेटको। घर बनाउँदा वास्तु दृष्टिका विभिन्न कुरा ख्याल गर्नुपर्छ। घरमा रहेका कुराहरुले सकारात्मक र नकारात्मक उर्जा पैदा गर्ने हुँदा यस्ता कुरा ख्याल गर्नुपर्छ। घरको मुख्य गेट बनाउँदा सधैं ७ कुराको ध्यान दिनुपर्छ। यी कुरा ख्याल नगरे नकारात्मक उर्जा पैदा भएर परिणाम पनि नकारात्मक हुन सक्छ। के हुन् त ध्यान दिनुपर्ने कुरा ?

१. मुख्य गेट पूर्व दिशामा फर्केको छ भने उत्तर पूर्वमा अलिकति खाली जग्गा छोड्नुस्। यसले तपाईंलाई स्वस्थ राख्न मद्दत गर्छ।
२. घरको पूर्वी भागलाई सकेसम्म होचो राख्नुस्। तपाईंलाई आर्थिक अभाव हुँदैन।
३. यदि भाडामा दिनु छ भने भुइँ तल्लाको कोठा मात्र भाडामा दिनुस् ।
४. घरको पूर्व दक्षिण कोणमा ढोका नराख्नुस्। यसो भएमा चोरी र आगजनीको खतरा बढी हुन्छ।
५. घरको पूर्वी या उत्तर दिशामा कुवा, ह्याण्डपम्प या ट्युववेल राख्नुस्।
६. पूर्वी दिशामा झ्याल तल राख्नुस्। यसले घरका मानिस स्वस्थ हुन्छन् भने मानसम्मान पनि बढ्छ।
७. घरको पूर्वी कोणमा फोहोर नराख्नुस्। यसो गर्दा धन सम्पत्तिको नोक्सानी हुन सक्छ।

- जन्मकुण्डली, हस्तरेखा, वास्तु परामर्शको लागि सम्पर्क: ९८१२००५३७८

प्रकाशित: Jul 19, 2023| 19:07 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्