मंगलबार, वैशाख २९, २०८३

नेप्सेमा दोहोरो अंकको वृद्धि

 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ। नेप्से परिसूचक ११ दशमलव १७ अंकले बढेर दुई हजार एक सय ६५ दशमलव २४ अंकमा कायम भएको हो।
     
आज दुई सय ६० कम्पनीको ८६ लाख ७४ हजार एक सय नौ कित्ता सेयर ५१ हजार चार सय ४५ पटक खरिद बिक्री हुँदा रू तीन अर्ब ३४ करोड ८६ लाख ७९ हजार नौ सय बराबरको कारोबार भएको छ। 

National life

आज बैंकिङ समूह २९ दशमलव ६६, विकास बैंक समूह ४९ दशमलव १५, उत्पादन तथा प्रशोधन समूह ६६ दशमलव २२, म्युचुअल फन्ड शून्य दशमलव ०४ र व्यापार समूह एक सय २८ दशमलव ७८ अंकले बढेको छ। बाँकी अरु समूहको उपसूचक भने घटेको छ।

सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक ४८ दशमलव ७६ अंकले घटेको छ। त्यस्तै, वित्त १८ दशमलव ६४, होटल तथा पर्यटन ३७ दशमलव ६५, जलविद्युत् १९ दशमलव ६८, लगानी शून्य दशमलव २६, जीवन बीमा समूह ४८ दशमलव ७६, लघुवित्त २० दशमलव ८३, निर्जीवन बीमा एक दशमलव ८९ र अन्य समूह १५ दशमलव ११ अङ्कले घटेको छ।

आज बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने एनआइबीएल समृद्धि फन्ड–२ को शेयर मूल्य नौ दशमलव ६४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको रू २३ करोड ५७ लाख ४५ हजार चार सय ५७ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको चार लाख ५३ हजार नौ सय सात कित्ता सेयर किनबेच भएको छ।

प्रकाशित: Jul 19, 2023| 15:57 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्