बुधबार, पुस २, २०८२

कैदीहरुलाई खेलाडी, प्रशिक्षक र रेफ्री तालिम

 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

काठमाडौं- सेल्टर आश्रय नेपालले एएफसीको सहयोगमा थुनामा रहेका कैदी बन्दीहरुलाई खेलाडी, प्रशिक्षक र रेफ्रीहरु उत्पादन गरेको छ । कैदी जीवन बिताइरहेका व्यक्तिहरुलाई पुनर्स्थापना हुनको लागि सही बाटो देखाउने उद्देश्यका साथ उनीहरुलाई खेलाडी, प्रशिक्षक र रेफ्रीको प्रशिक्षण दिएको हो।

National life

चार महिना चलेको प्रशिक्षण शुक्रबार झापामा सम्पन्न भएको छ। प्रशिक्षणमा १८ जना प्रशिक्षक, १८ रेफ्री र २३ जना खेलाडीहरु सहभागि भएका थिए। कैदीहरुलाई प्रमाणपत्र वितरण गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा संघीय सांसद राजेन्द्र लिङ्देनले यस्ता खाले सिपका कुराहरुले गर्दा सुधार गृहमा रहेका व्यक्तिहरुलाई पुनर्स्थापना गर्न सहज हुने बताए ।‘यस्ता कार्यक्रमले गर्दा थुनामुक्त भएपछि पुनर्स्थापनाको बाटो खोजिरहेकाहरुलाई सहज हुनेछ । एएफसी र सेल्टर नेपालले यस्ता कार्यक्रम अन्य जिल्लाहरुमा गर्न पनि आवश्यक छ,’ लिङ्देनले भने।

यस्तै एन्फाका उपाध्यक्ष दावा लामाले फुटबलको माध्यमबाट नै पुनर्स्थापना हुने पाटो आफ्नो लागि निकै सराहनिय भएको बताए। यस्तो कार्यक्रममा लागि आगामी दिनमा सेल्टर नेपाल र एएफसीसँग एन्फाले सहकार्य गरेर जाने उनले बताए। ‘कैदी जीवन सबैका लागि कष्टकर नै हुन्छ। अझ थुना मुक्त भएपछिको जीनव झनै अन्योलमा हुन्छ। यसलाई पुनर्स्थापना गर्ने पाटो बनेको छ। थुना मुक्त हुनेवित्तिकै सबै राम्रो बाटोमा हुनेछन्,’ लामाले भने।

त्यस्तै एएफसीकी सुरक्षा प्रवन्धक कोह एन सिनले नेपालमा भएको यो नौलो कार्यले आफूलाई निकै खुसी तुल्याएको बताइन्। उनले आगामी दिनमा पनि नेपालमा एएफसीले यस्तो खाले कार्यक्रम ल्याउनेमा विश्वास दिलाइन्।

सेल्टर आश्रय नेपालकी अध्यक्ष खुस्बु ओलीले कैदी बन्दीहरुमा यो किसिमको उत्साह देख्दा आफूहरुले गरेको कार्य सफल भएको अनुभूति भइरहेको बताइन्। उनले नेपाल सरकारको साथ र सहयोग भएमा अन्य जिल्लाहरुमा पनि यस्तै कार्यक्रम सञ्चालन गर्न आफूहरु तयार रहेको बताइन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 19, 2023| 15:09 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्