NadaNada
बिहीबार, भदौ ५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सभापति र महामन्त्रीको धारणा फरक भएकोले जनतामा भ्रम फैलियो : नैनसिंह महर

सभापति र महामन्त्रीको धारणा फरक भएकोले जनतामा भ्रम फैलियो : नैनसिंह महर

 |  बुधबार, साउन ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार, संसद् र पार्टीबीचको समन्वयले मात्रै विकासले गति लिने बताएका छन्। बुधबारको पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेता महरले सरकार, सदन र पार्टीबीचको समन्वयमा केही समस्या रहेका बताए।

‘कांग्रेस केन्द्रीय समिति, संसदीय दल र सरकार–प्रदेश समिति तथा स्थानीय तहकाबीच ठूलो खाडल देखिन्छ। संसद्ले पास गर्ने विधेयकप्रति केन्द्रीय समिति बेखबर छ। यो अवस्थाको अन्त्य हुनुपर्छ,’ महरले भने।

वडा सदस्यदेखी प्रतिनिधि सांसदहरूले प्रत्येक ३–३  महिनामा जनताका पक्षमा गरेको कार्य र कांग्रेसलाई जनताको लोकप्रिय पार्टी बनाउन गरेको कार्यको समीक्षा रिपोर्ट बुझाउनु पर्ने महरले बताए। जनताबाट छानिएका प्रतिनिधिलाई पार्टीको घोषणापत्रप्रति उत्तरदायी बनाउन तथा मूल्याङ्कन गर्ने एक संयन्त्र बनाउनु पर्ने महरको भनाइ छ।

सभापति, उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको धारणा फरक भएका कारण कांग्रेसप्रति जनतामा भ्रम सिर्जना भएको नेता महरले बताए। यसले पार्टीका सदस्यमा समेत विभाजन र दोधार सिर्जना गराएको उनले बताए।

‘कांग्रेस सहितको वर्तमान सरकार सञ्चालनलाई थप प्रभावकारी, पार्टीको घोषणापत्रको बाटोमा काम गर्नेगरि सहयोग गर्न पार्टीभित्र मन्त्रालय अनुसारको विज्ञ टोली गठन गर्नुपर्छ। सरकारका मन्त्रीहरूको कार्यमूल्यांकन, प्रगति र आवश्यक सहयोगमा पार्टी लाग्नपर्छ,’ उनले भने।

Metro Mart

यस्तै महरले तल्लो तहदेखि माथिल्लो तहसम्म पार्टीलाई गतिशील बनाउने हुटहुटी नेता–कार्यकर्तामा रहेको र त्यसलाई कांग्रेसको केन्द्रीय समितिले सम्बोधन गर्न सक्नुपर्ने बताए।

पार्टीमा व्यापक गतिशीलताको खाँचो रहेको उनले औँल्याए। ‘प्रतिनिधि सभामा ८८ सिट, १७५ प्रदेश सांसद, ३२९ पालिका प्रमुख, २ हजार ६५८ वडा अध्यक्ष र १० हजार ७६ वडा सदस्यमा निर्वाचन जितेर हामी सबैभन्दा ठूलो दल भएका छौं,’ उनले भने, ‘हाम्रो काँधमा देशप्रति ठूलो जिम्मेवारी छ। देशलाई सही मार्गमा लैजान हामी सशक्त बन्नुपर्छ।’

कांग्रेस यति बेला जागृत भएर शुद्धीकरणको बाटोबाट सुदृढीकरणको मार्गमा अगाडि बढ्नै पर्ने अवस्थामा रहेको नेता महरले बताए। राजनीतिक अवस्था पनि फेरिँदै गएको र विश्वराजनीतिमा तीव्र परिवर्तन आएकाले कांग्रेस सोही अनुरूप अगाडि बढ्नुपर्ने उनले बताए। कांग्रेस यति बेला जागृत भएर शुद्धीकरणको बाटोबाट सुदृढीकरणको मार्गमा अगाडि बढ्नै पर्ने अवस्थामा रहेको नेता महरको भनाइ छ।

प्रकाशित: Jul 19, 2023| 14:49 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्