NadaNada
बिहीबार, भदौ ५, २०८२

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाइँदै

सिंहदरबारमा बसेको समिति बैठकले प्रस्तावित राजदूतको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने र नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो वा सिकायत भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको हो।
 |  बुधबार, साउन ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

vianetvianet

काठमाडौं– संघीय संसद्को संसदीय सुनुवाइ समितिले परराष्ट्र सेवाका ६ जना प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित राजदूतको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने र नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो वा सिकायत भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको हो। 

बैठकले प्रस्तावित राजदूतको नाम जानकारी दिने र प्रस्तावित व्यक्ति नियुक्तिका लागि अनुपयुक्त लागे सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली सूचना वा उजुरी दिन सूचना प्रकाशित गर्ने निर्णय गरेको समिति सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

बैठकमा केही सदस्यले भने विगतका संसदीय सुनुवाइझैं प्रस्तावित राजदूत सिफारिस गर्ने सन्दर्भमा संविधानको मर्म र भावनाअनुरुप समावेशी सिद्धान्त अपनाउने विषयमा के–कसो भएको हो भन्नेबारे जिज्ञासा राखेका थिए। परराष्ट्र सेवाभन्दा बाहिरका व्यक्तिको नाम प्रस्तावित गरिँदा बैठकमा उठेका विषयलाई सरकार र राजनीतिक दलले गम्भीरताका साथ लिनुपर्ने सदस्यहरुको भनाइ थियो।

सरकारले गत २६ असारमा लोकबहादुर थापालाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रका लागि स्थानीय नियोग, रामप्रसाद सुवेदी स्वीट्जरल्यान्ड), सुधीर भट्टराई फ्रान्स, घनश्याम लम्साल कुवेत, तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्स र धनबहादुर वलीलाई थाइल्यान्डका लागि राजदूतमा नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो।

प्रकाशित: Jul 19, 2023| 14:23 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्