आइतबार, वैशाख १३, २०८३

नेपाललाई यूएईले दियो १५८ रनको लक्ष्य

 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

National life
kumari

काठमाडौं- एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) बाट १५८ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले ४४ ओभरमा अलआउट हुनुअघि १५७ रन बनाएको हो। यूएईलाई सामान्य स्कोरमा समेट्न नेपाली बलर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे।

उनी एक्लैले ६ विकेट लिए। उनले १० ओभरमा केवल ४० रन खर्चिएका थिए। श्याम ढकालले दुई विकेट लिए। कुशल मल्लले एक विकेट लिए। पवन सर्राफले पनि एक विकेट हात पारे।

नेपाल र यूएई दुवै टोली उपाधि होडबाट भने बाहिरिइसकेका छन्। समूह ‘बी’ बाट भारत र पाकिस्तान नकआउट चरणमा पुगिसकेका छन्। बुधबार दिउँसो हुने समूह चरणको अन्तिम खेलमा भारतले चिर प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ। दुबै टोली समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने योजनामा छन्।

प्रकाशित: Jul 19, 2023| 13:41 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्