मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्रसेवकलाई सम्पत्ति विवरण बुझाउन सतर्कता केन्द्रको ताकेता, नबुझाए अख्तियार पठाइने

राष्ट्रसेवकलाई सम्पत्ति विवरण बुझाउन सतर्कता केन्द्रको ताकेता, नबुझाए अख्तियार पठाइने

आव सुरु भएको मितिले ६० दिनभित्र सार्वजनिक जिम्मेवारीमा रहेका पदाधिकारी र कर्मचारीले सम्पत्ति विवरण नबुझाए कारबाहीका लागि अख्तियार पठाइने।
 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

National life

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका पदाधिकारी तथा कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। केन्द्रले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेका व्यक्ति तथा कर्मचारीलाई आव २०७९/८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो।

आर्थिक वर्ष सुरु भएको मितिले ६० दिनभित्र सार्वजनिक जिम्मेवारीमा रहेका पारिश्रमिक पाउने वा नपाउने सम्पूर्ण पदाधिकारी तथा कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको केन्द्रका सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद शर्माले बताए।

सार्वजनिक पद धारण गरेका व्यक्तिले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाए भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा ९३० बमोजिम कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाइने उनको भनाइ छ।

प्रकाशित: Jul 19, 2023| 11:59 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्