आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कमजोरी स्वीकार्दै रविले भने- गम्भीर विषयलाई विषयान्तर गर्न खोजियो

कमजोरी स्वीकार्दै रविले भने- गम्भीर विषयलाई विषयान्तर गर्न खोजियो

 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

National life

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि गम्भीर आपत्ति जनाएका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै सभापति लामिछानेले विधेयकको दफा ६४ प्रति आपत्ति जनाएका हुन्। 

उनले यस्तो गम्भीर विषयलाई विषयान्तर गर्न बहस अन्तै मोड्न खोजिएको आरोपसमेत लगाएका छन्। प्रतिनिधिसभामा पेश गरिएको विधेयकको दफा ६४ मा हिंसात्मक राजनीति गरिरहेको कुनै दल वा समूह राजनीतिको मूल धारमा आए हिंसात्मक गतिविधि माफी हुने र जुनसुकै तहको अदालतमा विचाराधीन भए पनि मुद्दा फिर्ता हुने प्रावधान प्रस्ताव गरिएको छ । राजनीतिको मूल धारमा आए हिंसात्मक गतिविधि माफी हुने र जुनसुकै तहको अदालतमा विचाराधीन भए पनि मुद्दा फिर्ता हुने प्रावधान कुन कुन दलका नेता कार्यकर्ताहरूलाई स्वीकार्य हुने स्पष्ट पार्नुपर्ने उनको भनाइ छ। 

उनले संसदीय अभ्यासमा आफूहरू नयाँ भएकोले प्रक्रियामा कतै कमजोरी भएको हुन सक्ने स्वीकार गरेका छन्। 'रास्वपाले संसद् किन घेराउ गर्‍यो? होला संसदीय अभ्यासमा नयाँ छौं, प्रक्रियामा कमजोरी देखिएलान्,' उनले लेखेका छन्, 'समाचारहरू त बने रास्वपा झुक्कियो, झुक्क्कियौं होला। तर भन्नुस्, नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० मा दफा ६४ घुसाएर कसले कसलाई केका लागि झुक्याउने खेल हुँदैछ। खोइ यथेष्ट समाचार, बहस, विज्ञप्ति र अन्तर्वार्ता? यी तमाम प्रश्नको उत्तर पाएपछि रास्वपालाई मजाले गाली गर्नुहोला, रगत उम्लिने गरी।'
 

प्रकाशित: Jul 19, 2023| 10:13 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्