शनिबार, साउन २, २०८३

कांग्रेस बैठक आज पनि, केन्द्रीय सदस्यहरूले धारणा राख्ने

 |  बुधबार, साउन ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३, २०८०

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्नेछ। मुख्य कार्यालय सानेपामा हिजोबाट सुरु भएको बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ। 

आजबाट केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्। बैठकको पहिलो दिन हिजो महामन्त्री विश्वप्रकाश शर्माले बैठकका एजेन्डा प्रस्तुत गरेका थिए भने अर्का महामन्त्री गगन थापाले वार्षिक कार्यतालिका प्रस्तुत गरेका थिए।

यसैगरी निर्वाचन समिति संयोजक गोपालमान श्रेष्ठ र अनुशासन समिति संयोजक आनन्द ढुंगानाले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। बैठकमा पार्टीका प्रमुख सचेतक रमेश लेखकले संसद्‍मा पार्टीको प्रस्तुति र मन्त्री पूर्णबहादुर खड्काले सरकारका कामकारबाहीबारे ब्रिफिङ गरेका थिए।

हिजोको बैठक कांग्रेसको फेसबुक पेजमा लाइभ गरिएको थियो।  

प्रकाशित: Jul 19, 2023| 06:28 बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्