मंगलबार, वैशाख २९, २०८३

नवलपुरबाट २६ अर्ब बढी राजस्व संकलन

 |  मंगलबार, साउन २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गत आर्थिक वर्षमा २६ अर्बभन्दा धेरै राजस्व संकलन भएको छ।

National life

कावासोतीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७९/८० मा २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजस्व संकलन गरेको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताए। उक्त कार्यालयले सबैभन्दा धेरै अन्तःशुल्कतर्फ २५ अर्ब १६ करोड ९१ लाख १६ हजार राजस्व संकलन गरेको छ।

यसैगरी आय कर ६३ करोड ९८ लाख ५५ हजार, मूल्य अभिवृद्धि कर ३८ करोड २५ लाख ६५ हजार, ब्याज छ करोड १३ लाख ७३ हजार, स्वास्थ्य सेवा कर चार करोड ३० लाख २० हजार, घर बहाल कर एक करोड ५३ लाख ४४ हजार संकलन भएको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले जानकारी दिए।

आर्थिक वर्ष २०७९/८० मा उक्त कार्यालयले कूल ३२ अर्ब १२ करोड ९३ लाख ६१ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा लक्ष्यभन्दा कम २६ अर्ब ३१ करोड १२ लाख ७४हजार (८१ दशमलव ८९ प्रतिशत) राजस्व संकलन भएको प्रमुख कर अधिकृत पन्थीको भनाइ छ।

कूल लक्ष्यको ९६ प्रतिशत अन्तःशुल्कतर्फ मात्रै राजस्व संकलनको लक्ष्य राखिएको थियो। खपत बढ्ने लक्ष्य राखिए पनि अर्थतन्त्रमा आएको सङ्कुचनले गर्दा अन्तःशुल्क संकलनमा समेत कमी आउँदा लक्ष्य हासिलमा असर परेको प्रमुख कर अधिकृत पन्थीले बताए।

‘अर्थतन्त्रमा आएको सङ्कुचनले आम्दानीमा कमी, घरजग्गालगायत कारोबारमा कमी  हुँदा खपतमा समेत कमी आयो, यसले राजस्व संकलनमा समेत केही कमी देखिएको छ’, प्रमुख कर अधिकृत पन्थीले भने।

लक्ष्यअनुसार राजस्व संकलनमा केही कम देखिए पनि देशैभरिका राजस्व कार्यालयको तुलनामा यस कार्यालयको अवस्था भने राम्रो रहेको उनको भनाइ थियो। आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्षमा बढी राजस्व संकलन भएको छ।

आर्थिक वर्ष २०७८/७९ मा २४ अर्ब ११ करोड १२ लाख एक हजार राजस्व संकलन भएकोमा गत आर्थिक वर्षमा दुई अर्ब २० करोड ७२ हजार राजस्व बढी संकलन भएको थियो।

प्रकाशित: Jul 18, 2023| 20:01 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्