NadaNada
बिहीबार, भदौ ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्री महत र भारतीय वित्तमन्त्री सितारामणबीच भेट

अर्थमन्त्री महत र भारतीय वित्तमन्त्री सितारामणबीच भेट

 |  मंगलबार, साउन २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

vianetvianet

काठमाडौं- भारतको गुजरातमा भइरहेको जी२० अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय वित्तमन्त्री निर्मला सितारामणबीच द्विपक्षीय साइडलाइन बैठक भएको छ। बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो।

नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै अर्थमन्त्रीले जोड दिए। अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रणको क्रममा सम्पन्न विद्युत निर्यात सम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी दस वर्षमा १० हजार मेगावाट जलविद्युत भारत निकासी भई व्यापार घाटा घटाउन मद्दत मिल्ने विषय उल्लेख गरे।

दुई देशवीचको व्यापार तथा लगानी सहजीकरणको लागि मिलेर काम गर्ने विषयमा एउटै मत रहेको थियो। भारतीय वित्तमन्त्रीले  भारतको इन्टरनेशनल पेमेन्ट लिमिटेड र नेपालको एनसिएचएलबीच भएको समझदारी बमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन अनुरोध गरेका छन्। अर्थमन्त्री महतले छिट्टै कार्यान्वयनमा लैजाने गरी संयन्त्र स्थापना गर्न काम गर्ने बताएका छन्।

भेटवार्ताका अवसरमा नेपालको सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीको लागि राम्रो विकल्प रहेको र व्यवसायिक सम्भाव्यता एवं पर्याप्त जनशक्ति उपलब्ध भएकोले सो क्षेत्रमा लगानी बढाउन समेत अनुरोध गरे।

 

Metro Mart

प्रकाशित: Jul 18, 2023| 18:17 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्