आइतबार, वैशाख २७, २०८३

कांग्रेस बैठक बुधबार बिहानसम्मलाई स्थगित

 |  मंगलबार, साउन २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समिति बैठक भोलि बुधबारसम्मलाई स्थगित भएको छ।

National life

पार्टी सभापति शेरबहादुर देउवाले भोलि बिहान ११ बजे बस्नेगरी आजको बैठक सकिएको जानकारी दिएका छन्। केन्द्रीय सदस्यहरुलाई समयमै आइपुग्न पनि उनले भनेका छन्।

आजको बैठकको सुरुमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका एजेन्डा प्रस्तुत गरेका थिए भने अर्का महामन्त्री गगन थापाले वार्षिक कार्यतालिका प्रस्तुत गरेका थिए।

यसैगरी आजको बैठकमा निर्वाचन समिति संयोजक गोपालमान श्रेष्ठ र अनुशासन समिति संयोजक आनन्द ढुंगानाले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। आजकै बैठकमा पार्टीका प्रमुख सचेतक रमेश लेखकले संसद्‍मा पार्टीको प्रस्तुति र मन्त्री पूर्णबहादुर खड्काले सरकारका कामकारबाहीबारे ब्रिफिङ गरेका थिए।

प्रकाशित: Jul 18, 2023| 16:09 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्