आइतबार, वैशाख २७, २०८३

कांग्रेसमा अनुशासन उल्लंघनका २१ सय उजुरी

४ मंसिरको निर्वाचनमा पार्टी निर्णयविपरीत वास्तविक उम्मेदवारलाई नसघाएर घात, अन्तर्घात गर्ने, बागी उम्मेदवारी दिनेलगायत नेता, कार्यकर्तामाथि अनुशासनको कारबाही गरिएको हो।
 |  मंगलबार, साउन २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

काठमाडौं- मुख्यालय सानेपामा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा अनुशासन समिति संयोजक आनन्द ढुंगानाले हालसम्म ४६ जिल्लाबाट २१ सय उजुरी परेको विवरण पेस गरेका छन्।

National life

अनुशासन समितिमा परेका उजुरीमध्ये गत ४ मंसिरको निर्वाचनका रहेका छन्। त्यतिबेला पार्टीका वास्तविक उम्मेदवारलाई नसघाएर घात, अन्तर्घात गर्ने, बागी उम्मेदवारी दिने नेता, कार्यकर्ताको संख्या हालसम्म रेकर्डमा रहेको उनको भनाइ छ।

ढुंगानाले सबै उजुरीमाथि छानबिन पूरा गर्न बाँकी रहेको, केहीलाई सभापति देउवाको मौखिक निर्णयका भरमा खतमाफ दिइएको र अन्य छानबिनमै रहेको बताए।

८७ जनालाई कारबाही गरिएको प्रतिवेदन उनले बैठकमा पेस गरे।

 

प्रकाशित: Jul 18, 2023| 15:50 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्