आइतबार, वैशाख २७, २०८३

कांग्रेस केन्द्रीय सदस्यको वार्षिक छुट्टी महिना दिन मात्रै

कांग्रेस केन्द्रीय सदस्यले वर्षको एक महिना बिदा पाउने र बाँकी समय कुनै न कुनै काममा व्यस्त रहने गरी खटाउनुपर्ने प्रस्ताव गगनले गरेका छन्।
 |  मंगलबार, साउन २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

काठमाडौं– सानेपामा मुख्यालयमा सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव पेस गरेका छन्। महामन्त्री थापाले सांगठनिक प्रस्तावमा उल्लेख गरेअनुसार कांग्रेस केन्द्रीय सदस्यले अबदेखि वर्षको एक महिना मात्रै बिदा पाउनेछन्।

National life

कांग्रेस केन्द्रीय सदस्यले वर्षको एक महिना बिदा पाउने र बाँकी समय कुनै न कुनै काममा व्यस्त रहने गरी खटाउनुपर्ने प्रस्ताव गगनले गरेका छन्। कांग्रेसलाई चलायमान गर्ने क्रममा केन्द्रीय सदस्यले स्थानीय तहदेखि केन्द्रमा रहेर जिम्मेवारी वहन गर्नुपर्ने उनको प्रस्ताव छ।

लामो समयपछि केन्द्रीय समिति बैठक नबस्दा कांग्रेस केन्द्रीय सदस्य जिम्मेवारविहीन छन् ।

 

प्रकाशित: Jul 18, 2023| 15:35 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्