आइतबार, वैशाख २७, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक

भदौभित्रै ६ वटा भ्रातृ संस्थाको तदर्थ समिति गठन प्रस्ताव

हाल कांग्रेसका शुभेच्छुक संस्था नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघ नेतृत्वविहीन छन्।
 |  मंगलबार, साउन २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

काठमाडौं– सानेपा मुख्यालयमा बसिरहेको कांग्रेस  केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले कार्यकाल सकिएका ६ वटा भ्रातृ संगठनको तदर्थ समिति १५ भदौभित्रै गठन गर्न प्रस्ताव राखेका छन्।

National life

हाल कांग्रेसका शुभेच्छुक संस्था नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघ नेतृत्वविहीन छन्। यी संगठनको तदर्थ समिति १५ भदौभित्र गठन गर्न महामन्त्री थापाले सांगठनिक संरचना प्रस्तुत गरेका हुन्।

उनले म्याद सकिएर तदर्थ समिति बने पनि पूर्णता नपाएका नेपाल विद्यार्थी संघलगायत भ्रातृ संगठनलाई ६ महिनाभित्र अधिवेशन गरिसक्ने गरी १५ भदौभित्र पूर्णता दिने प्रस्ताव बैठकमा पेस गरेका छन्।

पार्टीका भ्रातृ संगठनभित्र रहेको नेतृत्वविहीन अवस्था हटाउन अबदेखि समयमै चुनाव गर्नुपर्ने महामन्त्रीको सांगठनिक प्रतिवेदनमा उल्लेख छ।

 

प्रकाशित: Jul 18, 2023| 14:58 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्