NadaNada
बिहीबार, भदौ ५, २०८२

केन्द्रीय समिति बैठकमा गगनले पेश गरे वार्षिक कार्यतालिका

 |  मंगलबार, साउन २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

vianetvianet

काठमाडौं– एक वर्षपछि बसेको सत्तारुढ कांग्रेसको केन्द्रीय समिति बैठकमा तय गरिएका १० एजेन्डामध्ये पार्टी संगठनबारे महामन्त्री गगन थापाले सहभागीलाई जानकारी दिइरहेका छन्। बैठकमा महामन्त्री गगनले एक वर्ष अवधिमा पार्टीको संगठन, संरचना आजैबाट सुरु भएको बताए। अबदेखि हरेक पदाधिकारी, संसदीय दलको बैठक लाइभ गरिने उनको भनाइ छ।

कांग्रेसका क्रियाशील सदस्यता लिएका ८ लाख ६३ हजारको स्वतः नवीकरण हुने व्यवस्था मिलाइएको उनले बताए। अनलाइनमार्फत पार्टी सदस्य बन्ने व्यवस्था मिलाइएको उनको धारणा छ।

आजको बैठकमा पेस गरिने १० एजेन्डामा रहेर सहभागी सबैले  एकैपटक राय, सुझाव दिन सक्ने उनको भनाइ छ। पहिलो कार्यसमिति बैठक कम्तीमा महिनामा दुई पटक बस्ने भनिए पनि बस्न नसकेकामा अब त्यसलाई नियमित गरिने उनले जानकारी दिए। असोज, मंसिर, माघ, चैत र जेठको पहिलो सातामा केन्द्रीय समिति अनिवार्य बस्ने गरी सांगठनिक ढाँचा निर्माण गरिएको महामन्त्री थापाले जानकारी दिए।

वर्षमा न्यूनतम २ बैठक उपत्यकाबाहिर गर्ने गरी सांगठनिक ढाँचा बनाइएको उनको भनाइ छ। विधानमा रहेका ४८ विभागमा अझै नयाँ विभाग थप्ने निर्णय कांग्रेसको छ। १० एजेन्डा बैठकले पारित गरेपछि १५ भदौसम्म सबै विभाग गठन गर्ने। वर्षभरिको प्रगति विवरण केन्द्रीय कार्यसमितिमा बुझाउनुपर्ने व्यवस्था गरिएको उनले बताए।

म्याद सकेका भ्रातृ संगठनलाई १५ भदौसम्म पूर्णता दिने, ६ महिनाभित्र महाधिवेशन गर्ने र विधानबमोजिम गठन गर्नुपर्ने विभागलाई भदौ मसान्तसम्म पूर्णता दिनुपर्ने गरी सांगठनिक ढाँचा बनाइएको महामन्त्री थापाले बताए।

Metro Mart

उनले पार्टीलाई डिजिटल कांग्रेस बनाउने गरी तयारी थालिएको उनको भनाइ छ। कांग्रेस सदस्यतालाई लिएकाको वडादेखि केन्द्रसम्म अभिलेख राख्ने व्यवस्था गरिएको उनले बताए।

 

प्रकाशित: Jul 18, 2023| 14:42 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्