शनिबार, साउन २, २०८३

अन्तरघात गर्नेविरुद्ध कांग्रेसमा २१ सय उजुरी

 |  मंगलबार, साउन २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

काठमाडौं- नेपाली कांग्रेसमा गत निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तरघात गर्ने दुई हजार एक सय नेता कार्यकर्ताविरुद्ध उजुरी परेको छ। निर्वाचनका बेला पार्टीले गरेको निर्णय नमान्ने, पार्टीले उठाएका उम्मेदवारविरुद्ध खडा हुने र पार्टीका उम्मेदवारलाई पराजित गराउन भूमिका खेल्ने नेता कार्यकर्ताविरुद्ध विभिन्न ४६ जिल्लाबाट उजुरी परेको छ।

केन्द्रीय कार्यालयले निर्वाचनमा पार्टी हित विपरीत कार्य गर्नेविरुद्ध उजुरी आह्वान गरेकोमा ४६ जिल्लाबाट २ हजार १ सय नेताविरुद्ध उजुरी परेको केन्द्रीय अनुशासन समितिले जनाएको  छ। अनुशासन समितिको प्रतिवेदनमाथि आजदेखि सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुँदैछ। देशभरिबाट परेका उजुरीमाथि विस्तृत प्रतिवेदन तयार गरी केन्द्रीय समितिलाई हस्तान्तरण गर्ने तयारी छ।

यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा आयोजना गरेको जिल्ला सभापतिहरुको भेलामा अधिकांश जिल्ला सभापतिहरुले जिल्लाबाट कारबाहीका लागि भएका सिफारिसलाई तत्काल कारबाही गरी टुंगोमा पुर्‍याउनुपर्ने माग गरेका थिए।

प्रकाशित: Jul 18, 2023| 13:30 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्