NadaNada
बिहीबार, भदौ ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • लम्पीस्किनबाट मर्ने पशुको संख्या २८ हजार नाघ्यो, करिब आठ लाख संक्रमित

लम्पीस्किनबाट मर्ने पशुको संख्या २८ हजार नाघ्यो, करिब आठ लाख संक्रमित

मन्त्रालयले हालसम्म लम्पीस्किनबाट गाईभैंसी मरेको तथ्यांक सार्वजनिक गरे पनि किसानको क्षतिबारे मौन, किसानलाई करिब ३९ अर्ब २६ करोड ४६ लाख १३ हजार ७५९ बराबरको क्षति पुगेको हुन सक्ने चिकित्सा परिषद्को पूर्वानुमान।
 |  मंगलबार, साउन २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

vianetvianet

काठमाडौं– नेपालमा तीन वर्षअघि मोरङको सुन्दरहरैंचाका पशुमा देखा परेको लम्पीस्किन रोग हालसम्म ७७ वटै जिल्ला पुगेको छ।

सरकारी प्रयास प्रभावकारी नहुँदा असार मसान्तसम्म लम्पीस्किनबाट ७७ जिल्लाका ७ लाख ९९ हजार ११७ पशु संक्रमित भएका छन्  भने २८ हजार ४२४ पशु मरेको विवरण कृषि तथा पशुपक्षी मन्त्रालयले सार्वजनिक गरेको छ। लम्पीस्किनबाट भैंसीको तुलनामा गाईगोरु धेरै संक्रमित भएको मन्त्रालयको अनुमान छ।

मन्त्रालयको विवरणअनुसार लम्पीस्किन आव २०७७/७८ मा आठ जिल्लाका ११ पालिकामा देखिएकामा आव आव २०७९/८० अन्त्य हुँदा ५४२ पालिकामा फैलिएको छ।लम्पीस्किनबाट बस्तुभाउ मरे पनि किसानको नोक्सानीबारे सरकारले हालसम्म कुनै विवरण सार्वजनिक गरेको छैन।

यद्यपि हालसम्म किसानले पालेका पशुमा लम्पीस्किनबाट प्रभावित र मृत्यु हुँदा ३९ अर्ब २६ करोड ४६ लाख १३ हजार ७५९ बराबरको क्षति अनुमान गरिएको नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता डा. मनोजकुमार शाहीले बताए। एउटा गाई वा भैंसीमा लम्पी संक्रमण भएपछि ४९ हजार १३५ क्षति पुग्ने हुँदा सोही संख्यालाई गुणन गरेर क्षतिको आर्थिक विवरण तयार पारिएको उनको भनाइ छ।

पशु चकित्सकका अनुसार लम्पीस्कि लागिसकेपछि पुश निको भए पनि उसको क्षमता ८० प्रतिशत नाश भइसकेको हुन्छ। लम्पीस्किन संक्रमणले दूध र मासु उत्पादनमा ह्रास आउने, पशुको प्रजननमा समस्या देखिने, तुहिने सम्भावना अधिक रहने गरेको पशु चिकित्सक बताउँछन्।

Metro Mart

प्रकाशित: Jul 18, 2023| 13:07 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्