मंगलबार, वैशाख २९, २०८३

'ट्रु–मी' का उत्पादन नेपाली बजारमा

 |  मंगलबार, साउन २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

काठमाडौं- अमेरिकी प्रबिधिबाट उत्पादित ट्रु–मी का व्यावसायीक उत्पादन नेपाली बजारमा आधिकारिक रुपमा बिक्री वितरण सुरु भएको छ। काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ट्रु–मीका विभिन्न उत्पादनहरुको औपचारिक सार्वजनिक गरे।

National life

‘ट्रु–मीका उत्पादनहरुलाई हामीले विगत तीन महिनादेखि नेपाली बजारमा परीक्षण स्वरुप बिक्रिवितरण गरेका थियौं, बजारमा साकारात्मक प्रतिक्रिया पायौं जसले गर्दा हामीलाई बजार विस्तारका लागि थप उत्साही बनाएको छ’, ट्रु ड्रमा एसएका अध्यक्ष सुशान्त मुरारकाले भने, ‘अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयर र स्किन केयर सामग्री भएर होला, उपभोक्ताको प्रतिक्रिया अपेक्षाकृत रुपमा सकारात्मक पायौं।’

नायिका स्वस्तिमा खड्काले टु ड्रमाले उत्पादन गरेका सामाग्री गुणस्तरीय हुने र अमेरिकन प्रविधिबाट उत्पादित ट्रु मी का बिभिन्न उत्पादनहरु समेत गुणस्तरिय र प्रभावकारी हुने भएकाले यो ब्रान्डसँग आफू जोडिएको बताइन्।कार्यक्रममा बोल्दै ट्रु-मीका उत्पादनका लागि ब्राण्ड एम्बेस्डर तथा सिनियर ब्यूटी स्पेसलिस्ट रुश्का बैद्य श्रेष्ठले भनिन् ‘क्लिनिकल्ली प्रमाणित, प्राकृतिक सामाग्रीबाट उत्पादन भएकोले ट्रुमीका उत्पादनमा विश्वसनीयता निहित छ। यी सामग्रीमा कुनै हानिकारक तथा रसायन पदार्थ समेत नरहेकोले सबैले प्रयोग गर्न उपयुक्त छन्।’

नेपाली बजारमा आधिकारिक रुपमा १७ प्रकारका ट्रु–मी हेयर–केयरका उत्पादन उपलब्ध हुनेछन्।

प्रकाशित: Jul 18, 2023| 12:55 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्