मंगलबार, वैशाख २९, २०८३

बाढीपहिरोले तीन वटा राजमार्ग पूर्ण अवरुद्ध

निरन्तरको वर्षापछि आएको बाढीपहिरोका कारण हालसम्म ९४ सडक अवरुद्ध भएमध्ये ७६ वटा दुवैतर्फ सञ्चालनमा रहेको विभागको बुलेटिनमा उल्लेख।
 |  मंगलबार, साउन २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

काठमाडौं– सडक विभागले बाढीपहिरोका कारण मंगलबार बिहान ८.३० बजेसम्म तीन वटा राजमार्ग पूरै अवरुद्ध बनेको सूचना जारी गरेको छ। अहिलेसम्म ९४ वटा सडक अवरुद्ध भएका र त्यसमध्ये ७६ वटा दुवैतर्फ सञ्चालनमा रहेको विभागको बुलेटिनमा उल्लेख छ।

National life

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी करिडोर बैसरी, नौनी बगर, तातोपानी, गुइँठे आदि स्थानमा अवरुद्ध हुँदा सवारीसाधन ठप्प भएको विभागले जनाएको छ।

विभागका अनुसार अनुसार केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम गणेशचोक–ताप्लेजुङ–ओलाङचुङ्गगोला जोड्ने मेची राजमार्गको हेवा खोलामा सडक अवरुद्ध भएको छ। २ असारको बाढीपहिरोले हेवाखोलाको पुल बगाएपछि यो राजमार्ग हालसम्म सञ्चालनमा आउन नसकेको हो।

यस्तै, तमोर करिडोरअन्तर्गत चतरा–मूलघाट–माझीछार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पनि माझीटारमा अवरुद्ध बनेको विभागको बुलेटिनमा उल्लेख छ।विभागले १५ वटा सडक एकतर्फी सञ्चालनमा रहेको बताएको छ।

निरन्तरको झरीपछि आएको बाढीपहिरोका कारण राजमार्गमा रहेका पुलपुलेसा भत्काउँदा र बाटो बगाउँदा करिब २५ करोड बराबरको क्षति भएको विभागको अनुमान छ।

प्रकाशित: Jul 18, 2023| 12:40 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्